गजल: देशको पीडा

८ असोज ७७, शुक्रबार

गरीबीले मार्नु मारो के गरेर खाउ सरकार ।
आधा देश भारत गयो अब कता जाउ सरकार ।।

Advertisement

बिदेश ग’को छोरो बाकसमा आउँदा खेरी ।
कति दुख्यो आमाको मनभित्रको घाउ सरकार ।।

खान लाउन भनी ऋण लिएको मैले ।
दुई दिनमै घरमा माग्न आइपुग्यो साहु सरकार ।।

Advertisement

अरु देशले समुन्द्रमा पानीजहाज कुदाउँछन रे ।
हाम्रो देशमा कोशी तर्न चढ्नुपर्छ नाउ सरकार ।।

यी सब सम्हालेर देशमा बिकास गराएर ।
नेपालीको मनमा छिट्टै शान्ति छाउ सरकार ।।

Advertisement

✍दुर्गेस बन्जारा
बराहपोखरी–३, खोटाङ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top