झापाबाट लागुऔषध खैरोहिरोईनसहित तीन जना पक्राउ

झापाबाट लागुऔषध खैरोहिरोईनसहित तीन जना पक्राउ

९ असोज, झापा । झापाको अर्जुनधारा-११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड-२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन् ।

बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ ।

बिशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.