दसैंंको मुखमा मुग्लानतिर

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा (होटल)मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए।

‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ। घरमा केही छैन। नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मारेर भारततिर हिनेको।’

धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चाहिएन ? बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताएँ।’

Advertisement

उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top