×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

२४ बैशाख २०७५

पर्सा, २४ वैशाख ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।

अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।

Advertisement
Advertisement

घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी सहायक निरीक्षकहरु गोपाल खड्का, सुकेश्वर महतो र शम्भु महतो तथा प्रहरी जवान जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरी चौकीमा आक्रमण गरेको लिम्बूले बताए।

स्थानीयवासीले प्रहरी चौकीमा रहेका दुई थान मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले प्रहरीको वाहनमा समेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको थियो । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ ।

मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारततर्फ गइरहेका चारजना भारतीयलाई आइतबार बेलुका प्रहरी चौकी महादेवपट्टिका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नै हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी सेढवामा राखिएको थियो ।

यस्तै, चोरीको अभियोगमा सुवर्णपुरबाट पक्राउ गरिएका दुईजना अभियुक्तलाई समेत सोही चौकीमा राखिएको प्रहरीले जनाएको छ । चौकीमा रहेका छजना अभियुक्तलाई छुटाउन ढुङ्गामुडा तथा आगजनी गरिएको हो ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top