दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(निरन्तर बढ्दै)
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ४ सय ७७ पुग्यो /१ हजार ५ सय ७३ नयाँ संक्रमित थपिदा संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुग्यो/आजसम्म ५३ हजार ८ सय ९८ जना डिस्चार्ज ।

२.(विदेशमा यस्तो)
कोरोनाको कारण पछिल्लो साता २१ गरी हालसम्म १७ देशमा रहेका २ सय ६५ नेपालीको मृत्यु/४२ देशमा ३८ हजार ८ सय ४८ जना नेपालीमा संक्रमण/३५ हजार ७८ जना निको भए ।

३.(कता जाँदैछ समाज ?)
सुनसरीको बराहक्षेत्र कटहरे स्थित आफ्नै घरमा मृत फेला परेकी १२ बर्षीया मिना राईको हत्या भएको पुष्टि /हत्यामा संलग्न १५ बर्षीय रञ्जीत राई पक्राउ / बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि रञ्जितले हत्या गरेको प्रहरीको भनाई ।

४.(खुड्किलो बन्यो मिलापत्र)
बझाङ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई पनि बलात्कार गरेको खुलासा /पहिलो बलात्कारपछि दुवै पक्षबीच छलफल भएको र साउन ३१ गते मिलापत्र गरेको कागज पनि फेला ।

५.(केसीलाई बचाउ)
चिकित्सा शिक्षा सुधारका लागि १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न आमनागरिकहरूको सरकारसँग अपिल /केसीको गिर्दो स्वास्थ्य अवस्थाले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ ध्यानाकर्षण ।

६.(दलहरुको अपादर्शीता)
निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय निर्धारित समयभित्र आयोगलाई बुझाएनन्/आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउनबाट चुक्यो ।

७.(योजना नै त हो)
राज्यको आम्दानीको स्रोतको विकासका लागि उपत्यकाका डाँडाँहरुलाई घुम्ने गन्तव्यको रुपमा विकास गरिने पर्यटनमन्त्री योगेश भटट्राईको भनाई /ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा परिवर्तन ल्याउन ग्रामीण पर्यटनको विकास गरिने ।

८.(मागियो राजीनामा)
महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरुको पर्यटन बोर्डमा प्रदर्शन / पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्रीको राजीनामा माग ।

९.(प्रमाण पुगेन कि ?)
‘कोरोना संक्रमितको अंग निकाल्ने गरिएको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएपछि पक्राउ परेका सुवाससुब्बा लिम्बू धरौटीमा रिहा /जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेशमा लिम्बू ५ हजार धरौटीमा छुटे ।

१०.(जे होस् चासो पुग्यो)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङबारे पर्यटनमन्त्री योगेश भट्टराईको चासो /प्रक्रिया पूरा भएपछिमात्र आवश्यक निर्णय लिन र तत्काललाई सो निर्णय कार्यान्वयन नगर्न निर्देशन ।

११.(उत्तम सुझाव)
घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुको माग /संक्रमण नियन्त्रणमा नआउँदासम्म घरेलु कामदारका रुपमा महिला श्रमिकलाई नपठाउन सुझाव ।

१२.(के गर्देछ सरकार ?)
पाँच सय नेपाली केयर गिभर लैजाने गरी नेपालले इजरायलसँग गर्ने भनेको श्रम सम्झौतामा श्रम विज्ञहरुले प्रश्न उठाए /सरकार आफैंले इजरायल जाने कामदारसँग प्रतिव्यक्ति करिब १ लाख रुपैयाँ उठाउने ।

१३.(कहाँ छ राखेप ?)
कोरोना कहरपछि त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनको अभ्यास सुरु/लामो समयपछि अभ्यासमा फर्किदा खेलाडी उत्साहित भएपनि कभर्डहलको दूरावस्थाले खेलाडी आफै सरसफाईमा जुटे ।

१४.(प्रतिज्ञा पूरा होस्)
भारतको भ्याक्सिन उद्योगले भाइरसविरूद्धको लडाईंमा ’सम्पूर्ण मानवतालाई सहयोग’ गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिज्ञा/स्वीकृत खोपहरूको वितरणका लागि अन्य देशहरूलाई भण्डारण क्षमता सुदृढीकरण गर्न सहयोग पु¥याउने उल्लेख ।

र,

१५.(विश्वमा कोरोना)
कोरोना महामारीबाट हालसम्म विश्वभर ३ करोड ३० लाख बढी संक्रमित/२ करोड ४४ लाख बढी निको भए /करिव १० लाख संक्रमितको मृत्यु ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top