×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

२४ बैशाख २०७५

इस्लामावाद, २४ वैशाख ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनी खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

Advertisement
Advertisement

पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उनको पाखुरामा लागेको र उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि अधिकारीले जनाएका छन् ।

प्रहरीले २० वर्षको जस्तो देखिने एकजना आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस व्यक्तिले पहिलो पटक प्रहार गरेपछि प्रहरीले उसको निगरानी तुरुन्तै थालेको र फेरि अर्का पटकको प्रहार गर्न नपाउँदै उसलाई समातिएको बताएको छ ।

उक्त व्यक्तिले गृहमन्त्रीमाथि किन गोली प्रहार गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले अनुसन्धान थालिएको र यस बारेमा चाँडै नै जानकारी बाहिर ल्याउने बताएको छ ।

तर उनले आइतबार पाकिस्तानमा रहेको एउटा इसाई धर्मको समूहका व्यक्तिसँग बैठक गरेका थिए । उक्त समूहसँग बैठक नगर्न इस्लामिक धर्माबलम्वीहरुले उनलाई अनुरोध गरिरहेका थिए ।

सोही कारणले पनि उनीमाथि गोली प्रहार भएको अनुमान गरिएको छ । तर यस विषयको सत्यतथ्य बाहिर भने आएको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दागर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले पाकिस्तानी भूमिमा आतंकवाद परास्त भएरै छोड्ने र त्यसका लागि सरकार सक्षम पनि रहेको बताएका छन्।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचनको आयोजना गरिएको छ । यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफले राजनीति गर्न नपाउनेगरी अदालतले नै प्रतिबन्ध लगाएपछि यहाँको राजनीति अस्थिर बन्दै गएको छ ।

यस कारण पनि पछिल्लो समयमा पाकिस्तानको सत्ताधारी दल र विपक्षी दलबीच विवाद चुलिएको छ र उनीहरुको यस जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।

लाहोरमा उच्च सुरक्षा सतर्कता, निर्वाचन प्रचार अभियानमा सतर्कता

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार पाकिस्तानी प्रान्त लाहोरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृहमन्त्रीमाथि नै आइतबार गोली प्रहार भएपछि यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

साथै देशभरमा सुरु हुन लागेको निर्वाचन प्रचार अभियानमा पनि सतर्कता अपनाउन भनिएको छ । निर्वाचनको प्रचार अभियान तथा सभा सम्मेलनहरुका समयमा हिंसा हुन सक्ने अनुमानका कारण यस्तो गरिएको हो ।

सबै सुरक्षा निकायलाई सतर्क रहन भन्दै सम्भावित हिंसाको अवस्थालाई मध्यनजर गरी कार्यक्रमहरु सञ्चालन गर्न उच्च सुरक्षा अपनाइएको समाचारमा जनाइएको छ ।

रासस

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top