भरुवा बन्दुक देखाएर धम्की दिने युवक पक्राउ

१२ असोज ७७, मंगलबार

१३ आश्विन, कंचनपुर ।
कंचनपुरमा बन्दुक सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलीले सोमबार कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर विष्टलाई नियन्त्रणमा लिएको हो। विष्टले मानिसलाई भरुवा बन्दुक देखाएर धम्की तथा डरत्रास फैलाएको उजुरीपछि खोजी गरेको थियो।

सोमबार उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भरुवा बन्दुक कमल थापाको गोठभित्र लुकाईराखेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दीएको छ। एउटा भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो।

Advertisement

प्रहरीले लाल बहादुर बिष्ट र कमल थापा समेत लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top