विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

१३ असोज, मोरङ । मोरङ विराटनगर-१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

सोमबार अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनि माथी चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.