NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

मङ्लबार अशोज १३ , २०७७
Reading Time: 1 min read
A A
आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ असाेज, काठमाडौं ।

कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ। महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन्। नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या पनि थप्दैछन्।

उडानको पहिलो साता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन्। तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो। सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। शुरुआती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो। आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान सङ्ख्या बढाउने प्राधिकरणले तयारी गरेको छ। भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ।

LS Auto

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ। सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन्। चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन्। प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान सङ्ख्या बढाउने निष्कर्षमा पुगेको छ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको सङ्ख्या बढाउने प्राधिकरणले निर्णय गरिसकेको जानकारी दिए। यद्यपि, कुन एयरलाइन्सलाई कति उडान सङ्ख्या दिने भन्ने आज साँझसम्म निर्णय हुने उनको भनाइ छ। सीमित सङ्ख्याको उडानमा पनि आन्तरिक वायुसेवा कम्पनीले सबै गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेका छन्। बुद्ध एयरले शुरुमा राजविराजबाहेक सबै गन्तव्यमा उडान गर्दै आएकामा अहिले राजविराजसहित सबै गन्तव्यमा उडान सञ्चालन गरिएको जनाएको छ।

बुद्धले अहिले दैनिक २२ उडान गरिरहेको छ। कम्पनीले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ। अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान गरिरहेका कम्पनीले जनाएको छ। सातामा १५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको पनि कम्पनीले उल्लेख गरेको छ। बुद्धले सामान्य अवस्थामा दैनिक १०० उडान गर्ने गरेको थियो। कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ।

यस्तै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आफ्ना सबै आठ गन्तव्यमा उडान सञ्चालन गरिरहेको र ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको जनाएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती चरणमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको बताए। महामारीबाट जोखिन सुरक्षित र सुलभ यात्र हुने भएकाले पनि यात्रुको आकर्षण बढेको उनले उल्लेख गरे।

यतीले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ। कम्पनीले सामान्य अवस्थामा दुईतफी ८० वटासम्म उडान गर्ने गरेको थियो। उहाँका अनुसार नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान सङ्ख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ। उडान पनि स्वीकृत भइसकेको छ। यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिरहेको छ। यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कम्पनीको उडान उत्साहजन रहेको र उडान सङ्ख्या बढाउने अन्तिम प्रक्रियामा रहेको जानकारी दिए। रासस

लोकप्रीय

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

विचार

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२
Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.