आईपीएल : राशिद चम्किदा हैदराबादले दिल्लीलाई हरायाे

१४ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा सम्पन्न ११ औं खेलमा स्पिनर राशिद खानको घातक बलिङमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो ।

जारी सिजनमा दिल्लीको यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।

दिल्लीलाई अन्तिम १२ बलमा जितको लागि ३७ रन आवश्यक परेको थियो । १९ औं ओभरमा ९ रन बटुलेपछि अन्तिम ओभरमा जितको लागि २८ रन आवश्यक परेको थियो । तर दिल्लीले अन्तिम ओभरमा एक विकेट गुमाउँदै १२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा कागिसो रबाडाले छक्का प्रहार गरेपनि जितको लागि त्यो पर्याप्त थिएन । रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

Advertisement

दिल्लीले पहिलो ओभरको पाँचौ बलमा ओपनर पृथ्वी शा लाई दुई रनमा गुमाएको थियो । शा भुवनेश्वर कुमारको बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोको हातबाट समातिएका थिए । आठौं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर १७ रनमा आउट भए ।

Advertisement

स्पिनर राशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा ऐर अब्दुल सामदबाट क्याच आउट हुन पुगे । ऐरले २१ बलमा २ चौका प्रहार गरे । राशिदकै १२ औं ओभरको तेस्रो बलमा कट बिहान्ड हुँदै ओपनर शिखर धवन ३४ रनमा पेभिलिएन फर्के । धवनले ३१ बलमा ४ चौका प्रहार गरे ।

भुवनेश्वर कुमारको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर मनिष पान्डेबाट २१ रनमा आउट भएपछि दिल्ली दबाब परेको थियो । हेटमायर १२ बलमा २ छक्का प्रहार गरे । चौथो विकेटका लागि हेटमायर र ऋषभ पन्तले ४२ रनको साझेदारी गरेका थिए ।

स्पिनर राशिदको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त डिप स्क्यिावर लेगमा प्रियम गर्गले ३२ रनमा क्याच आउट गराएपछि खेल थप रोमाञ्चक बनेको थियो । पन्तले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे । १८ औं ओभरको अन्तिम बलमा टि नटराजनले मार्कस स्टोइनिसलाई ११ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित टाढिएको थियो । अक्षर पटेल ५ रनमा बोल्ड आउट भए ।

राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको थालेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ९।३ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । वार्नर स्पिनर अमित मिश्राको बलमा एज लाग्दै विकेटकिपर ऋषभ पन्तबाट ४५ रनमा क्याच आउट हुन पुगे । वार्नरले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

मिश्राको १२ औं ओभरको दोस्रो बलमा मनिष पान्डे ३ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए । कागिसो रबाडाको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट ५३ रनमा क्याच आउट भए । बेयरस्टोले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे । केन विलियम्सन २६ बलमा ५ चौका सहित ४१ रनमा क्याच आउट हुन पुगे ।

विलियम्सनलाई अन्तिम ओभरको चौथो बलमा कागिसो रबाडाले अक्षर पटेलबाट क्याच आउट गराए । डेब्यु खेल खेलि रहेका युवा ब्याट्सम्यान अब्दुल सामद ७ बलमा १ चौका र १ छक्का सहित रनमा १२ अविजित रहे । अभिषेक शर्मा १ रनमा अविजित रहे । स्पिनर अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाब र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ ।

हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग र दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top