रुसले बनाएको साढे दुई करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता

१४ असोज, एजेन्सी ।
रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप नेपाललाई दिने भएको हो ।

यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जनाएका छन् ।

उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरिसकेको बताइएको छ ।

Advertisement

रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दैआएका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top