×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

बहसमा मृत्युदण्डको सजाय, सरकारसँग राय मागियो

१४ आश्विन २०७७

१४ असोज, काठमाडौँ ।
संसदीय समितिले कानूनमा मृत्युदण्डको व्यवस्था राख्न हुने वा नहुने विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगसँग लिखितरुपमा राय माग गरेको छ ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठकले १६ वर्ष मुनिका बालिका माथि बलात्कार गरी हत्या गरेको प्रमाणित भएमा कानूनमा मृत्यु दण्डको व्यवस्था गर्ने सम्बन्धमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धतालाई आरक्षणमा लैजाने प्रक्रियाको विषयमा समितिमा उठेका प्रश्नहरुको जवाफ लिखितरुपमा उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र कानून आयोगलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

समितिका सभापति निरुदेवी पालले बैठकमा निर्णयहरु सुनाउँदै समितिमा उठेका प्रश्नको लिखित रुपमा जवाफ दिन मन्त्रालय र आयोगलाई निर्देशन दिएकी हुन् । उनले भनिन्– ‘मुत्युदण्ड सम्वन्धमा नेपालले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धतालाई आरक्षणमा लैजाने प्रक्रिया लगायत समितिमा छलफलमा उठेका जिज्ञासाहरु सम्वन्धमा आफ्नो भनाई लिखितरुपमा उपलव्ध गराईदिन समिति कानून न्याय तथा संसदीय मामिला मन्त्रालय एवं नेपाल कानून आयोगलाई निर्देश गर्दछ ।’

बलात्कार एवं बलात्कारपछि हुने हत्या जस्ता जघन्य अपराधहरुमा साना बालिका देखि बृद्धाहरु समेत पर्ने गरेकाले त्यसको अन्त्यका लागि कडा कानूनको आवस्यकता रहेको निष्कर्ष समेत बैठकको रहेको छ । यस्ता घटना दोहोरिनुमा कमजोर कानून र दण्ड सजाय हुनु र घटनाको गैरकानूनी व्यवस्थापन हुनुपनि रहेको सभापति पालले बताइन् । यस्तो विषयमा नागरिकस्तरमा छलफल गराई निष्कर्षमा पु¥याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ । सभापति पालले भनिन्– ‘उल्लिखित विषयलाई नागरिकस्तरमा छलफलमा ल्याई निस्कर्षमा पु¥याउन, अन्तर्राष्ट्रिय अभ्यासहरु र हाम्रो आवश्यकता सम्वन्धमा विस्तृतमा अध्ययन गर्न, गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा नेपाल कानून आयोगलाई निर्देश गर्दछ ।’

समितिले यस्ता घटनाका पिडक, मतियार जो कोही भए पनि कुनै कारणबाट उन्मुत्ति प्राप्त गर्नै सक्ने छैनन र हदै सम्मको कानूनी सजाय भोग्नु पर्नेछ भन्ने संदेश दिने गरि कार्य सम्पादन गर्न र आवश्यकता अनुसार यस्ता घटनाको निष्पक्ष छानविनका लागि विशेषज्ञ सहितको बिशेष कार्यटोली गठन गरि कार्य सम्पादन गर्न समेत समितिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यस्तै यस्ता घटनाको निष्पक्ष छानविन गरि पिडकहरु, मतियारहरु, गैरकानूनीरुपमा मेलमिलाप गर्न खोज्नेहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको दण्ड सजाय हुने गरि कार्यवाही गर्न, पिडितलाई क्षतिपूर्ति सहितको सामाजिक पुनस्र्थापना गर्न गराउन पनि निर्देशन दिएको छ ।

Advertisement

समितिले पिडीतको न्यायका लागि सामाजिकरुपमा बाधा श्रृजना गरिने अवस्था रहनु, संभावित दण्डलाई समेत बेवास्ता गरि पिडकहरुबाट बारम्बार महिला हिंसा, बलात्कार एवं हत्या जस्ता घटना दोहोराई रहनु, आर्थिक तथा सामाजिक पद प्रतिष्ठाका आड÷बहानामा मेलमिलापका लागि दवाब दिईनु, पिडितलाई उल्टै सामाजिकरुपमा बहिस्कृत गरिनु जस्ता कारणहरुले आत्महत्याको बाटो रोज्नुले पनि महिला हिंसा, हत्या, बलात्कार नियन्त्रण एवं न्यूनीकरण सम्वद्ध विद्यमान कानूनहरु, दण्ड सजायको मात्रा र प्रकृतिको पुनरावलोकन गरि परिमार्जन गर्न आवश्यक देखिएको भन्दै सो सम्वन्धमा यथाशिघ्र कार्य सम्पादन गर्न गराउन, सम्पूर्ण कानूनहरुको लैंगिक दृष्टिकोणका आधारमा अध्ययन गरि आवश्यक संशोधनको प्रक्रियामा लैजाने व्यवस्था मिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा नेपाल कानून आयोगलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top