उपभोक्तालाई ठगी गर्ने व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर

१४ असोज ७७, बिहीबार

१५ आश्विन, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ ।

कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ ।

उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ ।

अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब रु १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ ।

यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ ।

बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्ने छ ।

कामपाको उपप्रमुख एवम् अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना कहरका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन् । अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताउँछन् ।

कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमनका क्रममा काठमाडौँका ठूला तरकारी बजार कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल अनुगमन गरिएको जानकारी दिए ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top