विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा खेलाउने तीन जना पक्राउ

१५ असोज ७७, बिहीबार
Share this
769shares

१५ असोज, मोरङ । मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा विराटनगर-१५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर-१७ का ४२ बर्षीय जगदिश साह रहेका छन ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सुचना पाईपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १३ गते राती पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले यलष्लिभ बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

Advertisement

पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top