दुवै मिर्गौला फेल भएका ओझाको उपचारमा सहयोगको याचना

२४ बैशाख ७५, मंगलबार

पथरी, मोरङ, २५ वैशाख ः दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गरेका हुन् ।

एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका ओझाले ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहे पनि आफ्नै आमाले दिन खोजेको किड्नी रकम अभावका कारण प्रत्यारोपण गराउन नसकेको बताए।

Advertisement

कानेपोखरीमा चार वर्षअघि घरमा भएको आगलागीका कारण आफ्नो सर्वस्व गुमेको र त्यसपछि देखापरेको किड्नी समस्याका कारण अहिले ऋणमा डुबेको बताए ।

५७ वर्षीया आमा धनमाया ओझाले आफूलाई एउटा किड्नी दिन तयार रहेपनि प्रत्यारोपणबापत लाग्ने रु आठलाख रकम जुटाउन नसकेकाले प्रत्यारोपण गराउन नसकेको गुनासो गरे ।

Advertisement

उनले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेका हुन् । मिर्गौला पीडित ओझाका दुई नाबालक सन्तान छन् ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top