×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलात्कृत बालिकाको घर जाने बाटो नै थुनियो : ‘म अब कहाँ जाऊँ?’

१७ आश्विन २०७७

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिकाकी एक १४ वर्षीया बालिका असोज पहिलो साता गाउँमै काठको काम गर्ने एक युवकसँग घरबाट भागिन्। छोरी घरमा नरहेको थाहा पाएपछि उनका बुवाले प्रहरीमा उजुरी दिए। प्रहरीले केटासहित बालिकालाई दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो। त्यसपछि पीडितले घटनाको पोल खोल्दा भने प्रहरी अधिकारी झस्किए।

बुवाले पटक–पटक बलात्कार गरेपछि सहनै नसक्ने अवस्थामा आफू घर छाडेर भागेको कुरा बालिकाले बताइन्। तब प्रहरीले पीडित बालिकालाई परिवारको जिम्मा लगाएन, सुरक्षित आवासगृहमा राखेर अनुसन्धान थाल्यो। जिल्ला प्रहरी कार्यालय धादिङको अपराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले अभियुक्तलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र हाडनाता करणी मुद्दामा अनुसन्धान गरिरहेको बताए।

‘अभियुक्तले विगत ५–७ वर्षदेखि नै छोरीलाई बलात्कार गरिरहेको कुरा प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ’, भट्टले भने, ‘पटक–पटक बलात्कार गरेको, बच्चा नजन्मियोस् भनेर औषधी खुवाएको आरोप उनले स्वीकार गरिसकेको अवस्था छ। हामीले थप अनुसन्धान गरिरहेका छौं।’
तर, पीडितकी आमाले श्रीमान्विरुद्ध जाहेरी दिन अस्वीकार गरेकी छन्। उद्धार गर्ने संस्था सहयात्री समाजका तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ। आमाले उल्टै बालिकालाई भेटेर मुद्दा फिर्ता लिन दबाब दिइरहेको खुलेको छ। घरका कमाउने व्यक्तिलाई नै जेल पठाएपछि परिवार समस्यामा पर्ने भन्दै बुवालाई नफसाउन र मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितले बताइन्।

अभियुक्तले पछिल्लो पटक असोज ८ गते श्रीमती र छोरो ससुराल गएका बेला नाबालिका छोरीलाई फेरि जबरजस्ती गरेको खुलेको छ। आमा र भाइ घरमा नहुने भएपछि फेरि बाबुबाट बलात्कृत हुने डरका कारण उनले मामाघर जान अड्डी लिएकी थिइन्। तर, आमाले ‘बाबा काममा जाने’ र ‘घर कुर्ने कोही नहुने’ भन्दै साथमा लगिनन्। ‘म पनि मामाघर जान्छु भन्दा मलाई लैजानु भएन। त्यस दिन पनि बुवाले मलाई बलात्कार गर्नुभयो’, सुरक्षित आवासगृहमा रहेकी ती बालिकाले रुँदै भनिन्।
बुवा बलात्कार गर्ने, आमा चुपचाप सहन बाध्य गराउने भएपछि उनलाई घर बस्न मन लागेन। त्यही बेला साथ दिन आइपुगेका थिए, बाहिरी जिल्लाका ती युवक। दुवैजना भागेर बिहे गर्ने सल्लाह गरी घरबाट हिँडेपछि यो घटना बाहिरिएको हो।

अभियुक्तले कहिलेदेखि बलात्कार गरे भनेर उनलाई मिति यकिन छैन। तर, यत्ति थाहा छ कि आफू जान्नेबुझ्ने भएदेखि नै अभियुक्तले निरन्तर बलात्कार गरेको उनको भनाइ छ। ‘मलाई बुवाले बलात्कार गरेको कुरा आमालाई पहिलेदेखि नै थाहा थियो तर आमाले कहिल्यै मेरो समस्या सुन्नुभएन। सधैं लुकाइरहनुभयो। थाहा नपाएझैं गरिरहनुभयो’, निकै बेर टोलाएर पीडितले भनिन्, ‘घटना बाहिर आए हामी सबैजनालाई समस्या पर्छ भनेर आमाले कहिल्यै पनि मलाई सहयोग गर्नुभएन। उल्टै चुप लाग्न भनिरहनुभयो।’,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top