प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा नेकपा मसालको सहमति

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा नेकपा मसालको सहमति

१८ असोज, काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा पेश भएको प्रस्तावमा नेकपा मसालले सहमति जनाएको छ । यद्यपि प्रदेश राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावमा भने असहमति जनाएको छ ।

मसालका महामन्त्री मोहन विक्रम सिंहले विज्ञप्ति जारी गर्दै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावलाई स्वागत गरेका छन् । तर प्रदेशको राजधानी तोक्न अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्ने र त्यसको सिफारिस अनुसार तोक्नुपर्ने पार्टीको धारणा राखेको मसालले जनाएको छ ।

मसालले प्रदेश ५ को राजधानी कहाँ राख्नु उपयुक्त छ भन्ने विषयमा भने केही भन्न चाहेनन् ।

प्रदेश ५ को प्रदेशसभामा नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.