आज १३२९ जना संक्रमणमुक्त, निकाे हुनेकाे संख्या ६४ हजार नाघ्याे

१८ असाेज, काठमाडाैँ ।

नेपालमा आज १ हजार ३ सय २९ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् ।

आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन् ।

Advertisement

यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन् ।

नेपालमा कारोना भाइरस (कोभिड—१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

Advertisement

आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय २९, प्रदेश नम्बर २ मा ५ सय ४१, बागमती प्रदेशमा ७ हजार ६ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ९६, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३५ गरी देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५०, प्रदेश नम्बर २ मा ५ सय ५८, बागमती प्रदेशमा ७ हजार १ सय ५३ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय २, कर्णाली प्रदेशमा २ सय ८० र सुदूरपश्चिम प्रदेशमा ४ सय १८ गरी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे। उनले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top