चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

१८ असोज ७७, सोमबार

१८ असाेज, काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो ।

बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए । त्यतिबेला दैनिक झण्डै ६० वटासम्म अर्डर आएकामा अहिले दैनिक झण्डै आठ÷नौ वटा मात्रै अर्डर आएका छन् । बन्दाबन्दीको समयमा नागरिक खाद्यान्न किन्न टाढा जान नसक्ने भएकाले बढी अर्डर आए पनि अहिले यातायात सहज भएकाले अर्डर कम भएको उनको भनाइ छ । उनले भने, “नागरिकले सही मूल्यमा खाद्यान्न पाएमा यहीँबाट किन्नुपर्छ भन्ने पनि होइन ।”

कम्पनीले सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्षित गरेर ‘होम डेलिभरी’ शुरु गरेको थियो । पहिले कम्पनीको मात्रै सामान राखिएकामा अहिले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानको सहकार्यमा तीनै संस्थाको खाद्यान्न तथा खाद्य सामग्री एउटै स्थानबाट बिक्री भइरहेको छ । उपभोक्ताले ‘होम डेलिभरी’ मा पनि सूपथ मूल्यमा यी सामग्री पाउनेछन् ।

दशैँ, तिहार, छठलगायत चाडँपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल शुरु भएका छन् । तीनै संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेर बिक्री गरिरहेका छन् । लिमिटेडले खाद्यान्नमा प्रतिकिलो रु पाँचसम्म छुट दिइरहेको छ । चामल, सीमी, फापरलगायतका सबै खाद्यान्नमा सामान्य अवस्थामा भन्दा छुटको व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top