मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार, ४ जना पक्राउ

१८ असाेज, बुटवल ।

Advertisement

रुपन्देहीको बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड भएको छ । मुख्यमन्त्री चढेको गाडीसहित प्रहरी स्कर्टिङका अन्य दुई गाडीमा अज्ञात समूहले  तोडफोड गरेको हो ।

काठमाडौंबाट भैरहवा हुँदै स्कटिडसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।

Advertisement

गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल लगायत ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top