सिन्धुलीका निजी विद्यालयद्वारा पाँच महिनाको सबै खाले शुल्क मिनाहा

सिन्धुलीका निजी विद्यालयद्वारा पाँच महिनाको सबै खाले शुल्क मिनाहा

१८ असोज, सिन्धुली । सिन्धुलीका निजी विद्यालयले लकडाउनको समयमा बन्द भएको पाँच महिनाको सबै खाले शुल्क मिनाहा गरेको छ ।

प्याबसन सिन्धुलीले पत्रकार सम्मेलन गरी वैशाखदेखि भदौ महिनासम्मको शुल्क मिनाहाको घोषणा गरेको हो । कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव परिरहेको बेला देशभरिका नै अरु विद्यालयलाई सन्देश दिने गरी सिन्धुलीले नमुना काम गरेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताए ।

लकडाउनका बेला पनि अनलाइन कक्षा, रेडियो कार्यक्रम र होमवर्क प्याकेज दिने जस्ता वैकल्पिक शिक्षाका गतिविधि गरी नै रहेको भए पनि कुनै शुल्क नलिने निर्णय गरेको उनले बताए । प्याब्सन सिन्धुलीमा जिल्लाका ३३ वटा निजी विद्यालय आबद्ध छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.