×

NEPAL TIMES UPDATES

Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026

चीनबाट इन्धन ल्याउन गृहकार्य

१९ आश्विन २०७७

काठमाडौं : नेपाल आयल निगमले चीनबाट इन्धन आयात गर्न अध्ययन गर्ने भएको छ। निगमले चीनबाट इन्धन आयात गर्ने विषयमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी काम अघि बढाएको हो।

निगमको सञ्चालक समितिले यो विषयलाई वार्षिक कार्यक्रममा समावेश गरेको छ। निगमले स्वीकृत गरेको ४३ बुँदे नीति तथा कार्यक्रमको बुँदा नम्बर २७ मा यो विषय समावेश गरेको छ। ‘मित्रराष्ट्र चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौताको तयारी गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ। यसबाहेक चीनबाट इन्धन आयात गर्न चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययनसमेत गर्न निगमले योजना तयार पारेको छ।

Advertisement
Advertisement

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार निकट भविष्यमै टोली गठन गरी अध्ययन अगाडि बढाइनेछ। ‘कोभिड १९ का कारण अहिलेलाई यो योजना प्रभावित भएको हो,’ उपाध्यायले भने, ‘समान्य अवस्था सिर्जना भएसँगै टोली गठन गरी अध्ययनका लागि कार्यक्षेत्रमा परिचालन गर्नेछौं।’ नेपालमा खपत हुने पेट्रोलियम पदार्थको शतप्रतिशत हिस्सा भारतको इण्डियन आयल कर्पोरेसन (आईओसी) सँग द्विपक्षीय सम्झौताअन्तर्गत निगमले आयात गरी बिक्री गर्दै आएको छ। भारतबाट वार्षिक डेढ खर्ब रुपैयाँभन्दा बढीको इन्धन नेपालमा आयात हुन्छ। खपत हुने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट आयात हुँदा यसको कारोबार भारतको एकाधिकार कायम छ।

Advertisement

पेट्रोलियम पदार्थमा भारतको परनिर्भरता हटाउन चीनबाट पनि दीर्घकालीन रुपमा आयात गर्न यो योजना अघि सारिएको प्रवक्ता उपाध्यायले बताए। स्रोतका अनुसार निगमले भारतको विकल्पमा चीनबाट समेत इन्धन आयात गर्न सक्ने बाटो बनाउन चाहन्छ। तर भारतले चीनबाट नेपालले इन्धन आयात गर्ने योजनालाई अघि बढेको विषयलाई मन पराएको छैन।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top