२१ वर्षीया युवतीमाथि यौन हिंसा र यातना : काका ससुराबाट पनि ३ महिना बलात्कार !

१८ असोज ७७, सोमबार

बझाङ : ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बलात्कार गरेर गर्भपतन गराएको खुलेको छ । लगातारको बलात्कारका कारण कान्छा ससुराको गर्भ रहेपछि जुसमा औषधि मिलाएर पिउन दिई गर्भपतनसमेत गराएको उनले बझाङका जनप्रतिनिधिसमक्ष बताएकी छन् ।

आइतबार बिहान उनलाई भेट्न जिल्ला अस्पताल बझाङ पुगेका प्रतिनिधिसभा सदस्य आशाकुमारी विक र तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडासमक्ष आफ्नो पीडा पोख्दै घटनाबारे जानकारी गराएकी हुन् ।

२०७५ कात्तिक ७ गते फुपूसासू नाता पर्ने महिलाले आफू र श्रीमान्लाई बच्चा हुने उपचार गर्न भन्दै बित्थडचिर गाउँपालिकाको सुनकुडा गाउँ (पीडित युवतीको घर) बाट धनगढी लगेको युवतीले बताइन् । दुई सातासम्म त्यहाँ उपचार गरेपछि ‘बच्चा नहुनुमा कसको कमजोरी हो पत्ता लागेन, यहाँ जाँच गर्ने मेसिन बिग्रेको रहेछ, तिमीहरू दिल्ली जाऊ, दाइ उतै हुनुहुन्छ, उतै उपचार गर्नू’ भनेर श्रीमान् र आफूलाई दिल्ली पठाएको उनको भनाइ छ । कात्तिक २१ गते उनीहरूलाई लैजान दिल्लीबाट कान्छा ससुरा आएका थिए ।

Advertisement

धनगढीबाट हिँडेको भोलिपल्ट नै उनीहरू दिल्लीको आनन्द विहार नजिक कान्छा ससुराको कोठामा पुगे । त्यहाँ कान्छी सासू पनि सँगै बस्थिन् । केही दिनसम्म उपचारका लागि भनेर श्रीमान्लाई केही अस्पतालमा जाँच गरिए पनि आफूलाई कतै नलगेको युवतीले बताइन् । एक सातापछि भने कान्छा ससुराले युवतीका श्रीमान्लाई उनको कोठाभन्दा निकै टाढा काम खोजेर उतै बस्ने व्यवस्था गरिदिएका थिए । त्यसपछि कान्छा ससुरा/सासू र उनी मात्रै एउटै कोठामा बस्न थाले । ‘सुत्ने कोठा एउटै थियो, ससुरा र सासू खाटमा सुत्थे । ठीक तल भुइँमा मेरो बिस्तरा थियो,’ पीडित युवतीले भनिन्, ‘श्रीमान् बाहिर बस्न थालेको दोस्रो रात नै सुतेको बेला ससुराले मेरो इज्जत लुट्यो । तर सासूले थाहै नपाए जस्तो गरिन्,’ उनले भनिन् ।

बिहान सासूलाई घटनाबारे सुनाउॅदा ‘यस्तो भइहाल्छ, घरभित्रको कुरा बाहिर भन्नु हुँदैन’ भनेर सामान्य रूपमा लिएको उनले बताइन् । ससुराले भने, ‘यस्तो कुरा कसैलाई भने मारेर गायब गरिदिने’ धम्की दिए । ‘दिल्लीमा मेरो चल्छ । यस्तो कुरा कसैलाई भनिस् भने मारेर नालीमा फाल्दिन्छु । तेरो पोइलाई पनि नभन्नु भनेर धम्काए,’ पीडित युवतीले भनिन् । त्यसपछि उनीमाथिको बलात्कार शृंखला लगातार तीन महिनासम्म चल्यो । उनका अनुसार सासू बिउँझै भएको बेला पनि ससुराले इज्जत लुट्थे । सासू कहिले थाहा नपाए जस्तो गर्थिन्, कहिले हेरेर हाँस्थिन् ।

तीन महिनासम्म महिनावारी नभएपछि उनलाई ससुराले एक दिन कालो जुस खान दिएका थिए । त्यही जुस खाइसकेपछि आफ्नो गर्भपतन भएको थाहा पाएको युवतीले सुनाइन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top