साँफे—मार्तडी राजमार्ग पहिरोले बन्द

२५ बैशाख ७५, बुधबार

बाजुरा, २६ वैशाख ः साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।

Advertisement

सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन्। जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी उपरीक्षक वलीले बताए।

सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन द्वारीमा रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी प्रमुख वलीको भनाइ रहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top