×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

१९ आश्विन २०७७

१९ असाेज, पाँचथर ।

पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् ।

Advertisement

सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा भएका गन्तव्यको समेत प्रचार हुन नसकेको व्यवसायीको ठम्याइ छ । पर्यटन विकासमार्फत विकास र समृद्धि हासिल गर्ने कुरा व्यवसायीको मात्रै चिन्ताको विषय बन्ने गरेको उनीहरुको गुनासो छ ।

हालै पाँचथरको फिदिमस्थित पौवाभञ्ज्याङमा भेला भएका पाँचथर, इलाम र झापाका पर्यटन व्यवसायीले प्रचार र पूर्वाधारको अभाव रहेको ठहर्याउँदै पूर्वी नेपालको पर्यटन विकासका लागि व्यवस्थित पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिने निष्कर्ष निकालेको हो । साविक मेची अञ्चलका पर्यटन व्यवसायीलाई सङ्गठित गर्दै आएको मेची पर्यटन कोरिडोरका अध्यक्ष रमेश दङ्गालले भने, “भारतका पर्यटकहरु नेपाल भन्नेबित्तिकै काठमाडौँ, पोखरा र चितवन बुझ्छन् तर त्यत्तिकै आकर्षक पूर्वका गन्तव्यबारे उनीहरुलाई थाहा हुँदैन ।”

व्यवसायी दङ्गाल पूर्वमा पर्यटन विकासमा सरकारी र निजी क्षेत्र एकदमै पछि रहेको बताउँछन् । “सरकारी लगानी त छैन नै, आएका पर्यटकको सेवा दिने व्यक्ति तथा संस्थाहरुसमेत अत्यन्तै कम छन्”, दङ्गालले भने, “प्रचारप्रसार र पूर्वाधार विकासमा सबैले साझेदारी गर्नुपर्छ ।”

पर्यटन व्यवसायी नेत्र कार्की आन्तरिक पर्यटन प्रवद्र्धन हुन नसकेको वताउँछन् । “आन्तरिक पर्यटन प्रवद्र्धनले मात्रै बाह्य पर्यटक ल्याउने र प्रचारप्रसारलाई व्यवस्थित गर्न मद्दत गर्छ”, कार्कीले भने, “पश्चिमका पर्यटक पूर्वमा घुम्न आउँदैनन् । बरु सिक्किम दार्जिलिङ पुग्छन् ।” निश्चित पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार र प्रवद्र्धन गरी पूर्वमा रहेका अन्य गन्तव्यको पनि विकास गर्नुपर्नेमा कार्कीको जोड छ । “हामी भए जति सबै ठाउँलाई विकास गर्न लाग्दा कुनै पनि गन्तव्य अन्तरराष्ट्रियस्तरमा प्रचार हुन सकेनन्”, कार्कीले भने, “त्यसैले पूर्वलाई चिनाउन लागौँ ।”

होटल ब्यवसायी देवीप्रसाद पौडेल घरबासको प्रवद्र्धन, ग्रामीण, धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्ने बताउँछन् । पर्यटकहरुको स्वागत तथा सत्कार गर्न, उपयुक्त सेवा दिन तथा उपयुक्त वातावरण बनाउन पूर्वको समाज तयार भइनसकेको बताउँछन् । विशेषतः विदेशी पर्यटकले घुम्ने उपयुक्त वातावरण नपाउने गरेकाले पपर्यटन विकासले अपेक्षित गति नलिएको उनीहरुको साझा धारणा छ ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरलाल चिपालु पर्यटनले देशको विकास र स्थानीयवासीको आम्दानी वृद्धिमा सघाउँछ भन्ने चेत नै भर्खर मात्रै खुलेको बताउँछन् । अहिले पर्यटन विकासमा देखिएको तदारुकता आगामी दिनमा समेत निरन्तर रहनुपर्ने उनको भनाइ छ ।

Advertisement

प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे सङ्घीय संरचनाले पर्यटन विकासलाई द्रुत गतिमा अघि बढाउन सघाउ पुर्याएको बताउँछिन् । “हिजो सङ्घ सरकारले मात्रै आँखा पुर्याउन नसक्दा पूर्वका पर्यटकीय गन्तव्य पछि परेकै हुन्”, सभापति थेबेले भनिन्, “अहिले प्रदेश र स्थानीय सरकारले समेत प्रशस्त लगानी गरी पर्यटकीय गतिविधि वृद्धि गरेका छन् । यसमा सङ्घ सरकारले समेत सघाउ पुर्याउने अवसर पाएको छ ।” उनले कृषि, ग्रामीण र धार्मिक पर्यटन प्रवद्र्धन, घरबासको विकास एवम् पर्यटकीय वातावरण निर्माणमा लाग्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।रासस

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top