नवलपरासी पूर्वकी एक संक्रमित महिलाको मृत्यु

नवलपरासी पूर्वकी एक संक्रमित महिलाको मृत्यु

२० आश्विन, चितवन ।
नवलपरासी पूर्वकी एक संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।

कावासोती नगरपालिका ५ की ७७ वर्षकी महिलाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

१६ गते पिसाब तथा श्वास प्रश्वास समस्या भई भर्ना भएकी उनमा १८ गते कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो। उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याबाट पनि पिडित उनको अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो।

उपचारकै क्रममा मंगलवार बिहान ०३ः४५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.