नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

२० असोज ७७, मंगलबार
Share this
718shares

२० असोज, काठमाडौं ।

Advertisement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।  चार बजे बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।

बैठकमा गएको बिहीबारको मन्त्रिपरिषद्बाट भएका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची तय भएको स्रोतले जनायो ।

Advertisement

पार्टीमा छलफल नगरी पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरिएपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । यसबारे छलफल गर्न शनिबार नै सचिवालय बैठक बोलाइए पनि बस्न बसेको थिएन ।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुने जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top