तातोपानी नाका फेरि बन्द

२० असोज ७७, बुधबार

सिन्धुपाल्चोक : व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ।

नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एक पक्षीय रुपमा नाका बन्द गरेको हो। कुनै पनि सामाग्री मंगलबार नाकामा आएनन्। बाढीपहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो। सीमामा कोरोना संक्रमण रोक्ने शर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो।

सामाग्री ढुवानी र लोड/अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिएपछि चिनियाँ अधिकारीले तत्काल सामाग्री पठाउन नसकिने जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘दुबै भन्सार प्रशासनबीच सुरक्षित ढंगले कसरी नाका नियमित सञ्चालनमा ल्याउन सकिन्छ भनेर नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ,’ उनले नागरिकसँग भने, ‘त्यो मोडालिटी नबनेसम्म अझै केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन।’

Advertisement

नेपालीको चाडबाड मौसम सुरु भएकाले नाका लामो समय भने बन्द रहन नसक्ने प्रमुख खत्रीले दाबी गरे। उनका अनुसार पछिल्लो पटक तीन नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले हठात् सामाग्री पठाउन रोकेको हो।,याे समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top