किर्गिस्तानका प्रधानमन्त्री बोरोनोभले दिए राजिनामा

२० असोज ७७, बुधबार

२१ आश्विन, अन्तर्राष्ट्रिय ।
किर्गिस्तानका प्रधानमन्त्री कुबाट्बेक बोरोनोभले राजीनामा दिएका छन्।

चुनावपछि धाँधली भएको भन्दै विरोध प्रदर्शन चर्किँदै जाँदा राजनीतिक अस्थिरता बढेका बेला प्रधानमन्त्री बोरोनोभले राजीनामा दिएका हुन्। बोरोनाभलाई प्रदर्शनकारीले एक दिनअघि जेलबाट छुटाएका साड्यर जापारोभले प्रतिस्थापित गरेका छन्।

यसअघि विपक्षीले चुनावमा धाँधली भएको भन्दै विरोध प्रदर्शन गरेका थिए र त्यस क्रममा संसदमा नियन्त्रण कायम गरेका थिए। चौतर्फी दबाब बढेपछि किर्गिस्तानको चुनाव आयोगले गएको आइतबार भएको संसदीय चुनावको नतिजा रद्द गरेको छ।

Advertisement

सो चुनावमा राष्ट्रपति सूरोन्बाइ जीन्बेकोभको पार्टीले अत्याधिक मत ल्याएर जितेको थियो। राष्ट्रपति जीन्बेकोभ अझै पनि सत्तामा छन्, तर उनले राजीनामा दिन सक्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top