ललितपुर महानगरपालिकाका मेयर कोरोनामुक्त

२१ असोज ७७, बिहीबार

२२ असाेज, ललितपुर ।

 ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनभएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिए । उनले भने, “बुधबार दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।”

Advertisement

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

केही वडाध्यक्ष सङ्क्रमित

महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको ८ नं का वडाध्यक्षले बताए । उनले भने, “ मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर हामी दुवै होम आइसोलेशनमा बसेका छौं ।”

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताए । उनले भने, “मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो ।” ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।

महानगरपालिकाका केही कार्यालय बन्द
असोज २० देखि २७ गतेसम्मका लागि ८ नं वडा कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराए । वडामा कोभिड सङ्क्रमित बढेसँँगै बिहीबारदेखि २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको २० नंका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताए । उनले भने, “आउँदो आइतबारसम्म सङ्क्रमितको सङ्ख्या नियाल्छौं र त्यसपछि पनि थप बढेको बढै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछौं ।” अन्य केही वडाध्यक्ष पनि कोरोनाको शिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ ।

अष्टमातृका र मानमानेश्वरीको खड्गजात्रामा विधिवत् पूजा मात्र

पाटनमा मनाइने अष्टमातृका नाच र विशेष बडादशैंँमा मनाइने मानमानेश्वरी भवानीको खड्गजात्रामा यस वर्ष विधिवत् पूजा मात्र गरिने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बुधबार जारी गरेको सूचनामा ती पर्वमा भीडभाड हुने गरी बाजागाजा बजाउने, जम्मा हुने काम नगरिने उल्लेख छ ।

धार्मिक परम्परानुसार गरिदैँ आएको विधिवत् पूजालाई निरन्तरता दिइने र अन्य उत्सव नगर्ने निर्र्णय गुठी संस्थान शाखा कार्यालय ललितपुर, जात्रा र पर्वसँग सम्बन्धित सरोकार संस्था र स्थानीय गुठीयारसँग बैठक बसी गरिएको महर्जनले जारी गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top