अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

२१ चैत ७७, आइतबार

पुजा बेल्बासे, २२ चैत, काठमाडौं ।
शहर भन्ने बित्तिकै हरेक दृष्टिकोणबाट सुविधा सम्पन्न भन्ने बुझिन्छ । जहाँ कुनै कुराको असुविधा हुने छैन । अनि शहरीकरण भनेको जहाँ शहर भइसकेको छ त्यहाँको बस्ती बिकास हो । गाउँबाट सेवासुविधा खोज्दै मानिसहरु सबै शहर तिर बसाई सराई गरी आएका छन् । यो क्रम वर्षाै देखि जारी छ । जति अस्थायी रुपमा शहर पस्दछन् त्यही हाराहारीमा स्थायी रुपमा बसाईसराई गरी शहर पस्नेहरु छन् । संघीयतापछि यो अवस्थामा केही परिर्वतन देखिएको छ ।

गाँउ गाँउमा सरकार र केही सुविधा पुगेपछि बसाई सराईमा केही कमी आएपनि यो रोकिएको भने छैन् । यो परिपाटीले ग्रामीण क्षेत्र घट्दो बसोबास र समाजको बाटोमा छ भने शहरमा दिनप्रतिदिन अब्यवस्थित शहरीकरणले समस्या थपिदै गएको छ ।

अर्थविद् ज्ञानेन्द्र अधिकारीका अनुसार नेपालको कुल जनसख्या मध्ये २० देखि २१ प्रतिशत मानिस शहरी जीवनमा छन् । मानिसहरुको दिमागमै हामी शहरमा बस्नै पर्छ भन्ने मान्यता रहेको छ यसले गर्दा शहरीकरण झन झन बढदै गएको छ ।

Advertisement

पछिल्लो समय त झन सरकारले नै नयाँ शहरहरुको विकास गरिरहेको छ । यो अत्यन्त सकारात्मक विषय त हो ।तर शहरीकरण बढदै गर्दा नकारात्मक असरहरु पनि धेरै परेका छन् । शहरीकरण बढदै जादाँ अपराध पनि उत्तिकै बढदै गएको छ । यसको प्रभाव शिक्षा, स्वस्थ्य , रोजगारी जस्ता विभिन्न क्षेत्रहरुमा परेको छ ।

अव्यवस्थित शहरीकरणका कारण २१ प्रतिशत गरीबी पुगेको अधिकारीले बताए । अधिकारीका अनुसार अव्यवस्थित शहरीकरण तात्कालीन रुपमा सामान्य प्रक्रिया झै देखिए पनि दीर्घकालीन रुपमा विकराल समस्याको पोको हो । नेपालका शहरहरु अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित बनाउनमा गम्भीर हुनुपर्ने अधिकारीको ठहर छ ।

Advertisement

अधिकारी भन्छन् केन्द्रमा रहन खोज्ने प्रबृतिले देशका मुख्य शहर र राजधानीमा चाप बढाएको छ । देश संघीयतामा गएसंगै केन्द्रको अधिकार समेत बाँडफाँड भएको छ । यस्तोमा शहरी क्षेत्रको जनघनत्वलाई व्यवस्थापन गर्ने र अव्यवस्थित शहरी क्षेत्रलाई व्यवस्थापन गर्ने राम्रो मौका हुन सक्छ । तर सरकार मौन बसिरहेकोे छ ।

बातावरणविद् शिलशिला आचार्यका अनुसार अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन शहरीकरणले शहरी सम्पदा र प्राकृतिक सुन्दरतामा असर पुर्याइरहेको छ । शहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई शहरी जनसंख्यालाई सोही क्षेत्रका स्रोत र साधन तथा पूर्वाधारले वहन गर्न सके मात्र त्यसले फाइदा पु¥याउँछ । तर हाम्रो सन्दर्भमा यो ठीक विपरीत देखिन्छ । जसका कारण शहरीकरणले फाइदा भन्दा बेफाइदालाई निम्त्याइरहेको छ ।

आचार्यका अनुसार शहरीकरण अव्यवस्थित बन्दै जादाँ वायु प्रदुषण, जलप्रदुषणमा समेत बढ्न गएको छ । यसैका कारण जनसख्या बढदै गएको छ भने बेरोजागरी र गरिबीसँगै यातायात देखि ट्रफिक व्यवस्थापनमा समेत चूनौती देखिएको छ ।

यो चुनौतीलाई राष्ट्रिय योजना आयोग, सरोकारवाला निकाय र सरकारले दीर्घकालीन योजनाका साथ चिर्नुपर्दछ । यसैले अव्यवस्थित शहरीकरणलाई व्यवस्थापन गर्न सरकारले नै पहिलो भुमिका खेल्नु पर्ने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top