एनआरएनए अध्यक्षका लागि डा. केसीको उम्मेदवारी घोषणा

१९ असाेज, काठमाडौँ ।

गैर आवासीय नेपाली सङ्घको आगामी कार्यकालका लागि अध्यक्ष पदमा रुसका डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डा केसीले ‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने प्रतिबद्धता पत्र जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

हालको कार्य समितिमा उपाध्यक्ष रहेका डा केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी र एनआरएनए नेपाल डेभ्लपमेन्ट फन्ड, संरचनागत पुनर्संरचना एवं सुदृढीकरण, गैर आवासीय नेपालीका हकहित र अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए, एनआरएनए फाउण्डेशन, नेपाल र नेपाली पर्यटनको प्रवर्द्धन, युवा महिला र दोस्रो पुस्ता तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसंगको सहकार्य लगायतका विषयका विभिन्न ५५ बुँदे प्रतिवद्धताहरु अघि सारेका छन्

Advertisement

प्रतिबद्धता पत्रमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने, नेपालमा लगानी भित्र्याउन स्थापना गरिएको एनआरएनए नेपाल डेभ्लपमेन्ट फन्डलाई अघि बढाउने, १० अर्बको कोषलाई थप बृहत् बनाउने, गैर आवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छूटसम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने लगायतका विषय रहेका छन् ।

कार्यक्रममा डा केसीले गैर आवासीय नेपाली सङ्घलाई डिजिटल तथा स्मार्ट बनाउँदै दर्ता भएका सबै गैर आवासीय नेपालीहरूले निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि क्रियाशील हुने बताए ।

कार्यक्रममा उपाध्यक्षको पदका लागि अष्ट्रेलियाका धर्मराज अधिकारी र बेलायतका डा हेमराज शर्माले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top