पश्चिम सेती : दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन

१९ असोज, डोटी ।

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् ।

पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिकसहितको सरकारी टोली आएको थियो।

Advertisement

उक्त सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने/नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशङ्का पैदा भएको नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने, ‘पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौँ पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन।’

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योलता बढेको आदर्श गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायाले बताए।

Advertisement

उनले भने, ‘पश्चिम सेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाए, कसले बनाउने टुङ्गो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिम सेती।’ निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्न सक्ने भन्दै यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् ।

यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिनेमात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा समाजवादीका नेता शिवराज खड्काले बताए ।

उनले भने, ‘परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, दर्जनौँ अनुगमनसमेत भए, अहिलेसम्म केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती।’

पश्चिम सेती बन्ने हल्ला सुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै मात्र सीमित रहेको शिखर नगरपालिका–१० का स्थानीय लोकबहादुर बलायरले बताए । उनले भने, ‘पश्चिम सेतीका नाममा धेरै राजनीति भयो, अब राजनीति गर्न छाडौं, कि पश्चिम सेती बनाउ, या त कुरै गर्न छोड्नुपर्छ।’

पश्चिम सेती निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम सुरु गर्नुपर्ने स्थानीयवासीको माग छ । केही वर्षपहिले पश्चिम सेती बन्ने हल्लापछि ड्यामसाइड तथा प्रभावित हुने क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार अधिक बढेको भए पनि पश्चिमसेती नबन्ने भएपछि अहिले जग्गाको कारोबारमा समेत गिरावट आएको स्थानीयवासी बताउँछन्।

पश्चिमसेती नबन्ने छाँटकाँट देखिएपछि यहाँका स्थानीयवासी पछिल्लो समय निकै निराश भएका छन् । उता नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिम सेती निर्माण गर्ने दाबी गरे पनि यहाँका स्थानीयवासीमा सरकारले निर्माण गर्नेमा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका स्थानीय तथा नेविसङ्घका नेता गोविन्द खड्काले बताए।

जलाशययुक्त पश्चिम सेती निर्माण गर्न चिनिया कम्पिनी ‘थ्री’ गर्जेज तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिम सेती बन्छ भनेर खुसी र ढुक्क भएका यहाँका स्थानीयवासी ‘थ्री’ गर्जेजले पश्चिम सेती नबनाउने भन्दै दुई वर्ष पहिले आफ्ना उपकरण लगेर गएसँगै नागरिक निराश बनेका हुन्।

पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत समग्र सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताहरूप्रति आक्रोशित हुन थालेका छन्। स्थानीयवासी भन्छन्, ‘सक्छौँ पश्चिम सेती बनाउ, नसक्ने भए पश्चिम सेतीमा राजनीति नगर ?’रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top