कोरोना बिमा : बिमितले पाएनन् भुक्तानी

५ असोज ७७, मंगलबार

काठमाडौँ : करिब डेढ महिनाअघि कोरोनाबाट संक्रमित भएको प्रमाणित भएपछि चार्टर्ड एकाउन्टेन्ट प्रवेश आचार्यले बिमा दाबीका लागि आफूले बिमा गरेको कम्पनीमा आवेदन दिए । आवेदन दिएको ३५ दिन भयो । तर उनले दाबी भुक्तानी पाएका छैनन् । बिमा कम्पनीले मागेको सबै कागजात पेस गरेका आचार्यले कोरोना परीक्षण पनि सरकारी अस्पतालमै गराएका हुन् ।

झन्डै एक महिनाअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि प्रभा पन्थीले पनि दाबी भुक्तानीका लागि बिमा कम्पनीमा आवेदन दिइन् । अहिले उनी पूर्ण रूपमा निको भइसकेकी छन् । तर बिमा दाबी भुक्तानी पाएकी छैनन् । पन्थीले बुटवलस्थित निजी अस्पतालमा कोरोना परीक्षण गराएकी थिइन् । आचार्य र पन्थी दुवैले जनरल इन्स्योरेन्सअन्तर्गत एक लाख रुपैयाँ बिमांकको कोरोना बिमा गरेका थिए ।

गत भदौ पहिलो साता कोरोना संक्रमण पुष्टि भएका दीपेश केसी (नाम परिवर्तन) ले दोस्रो साता युनाइटेड इन्स्योरेन्स कम्पनीमा रिपोर्टसहित दाबी भुक्तानीका लागि आवेदन दिए । असोज पहिलो साता भइसक्दा पनि उनले रकम पाएका छैनन् । यो अवधिमा न त कागजात पुगेन भनेर कम्पनीबाट खबर नै आएको छ । न उनले दाबी भुक्तानी नै पाएका छन् । ‘खोइ के भएको रहेछ, बुझ्न जानुपर्ला अब त निको पनि भइसकें,’ उनले भने ।

Advertisement

कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि करिब २५ दिनअघि शिखर इन्स्योरेन्समा बिमा दाबीका लागि सञ्चारकर्मी प्रवीण शर्मा (नाम परिवर्तन) ले आवेदन दिए । झन्डै तीन साता क्वारेन्टाइनमा बसेर निको भइसक्दा पनि उनले बिमा दाबी भुक्तानी पाउन सकेनन् । कम्पनीमा बुझ्दा अझै केही दिन लाग्ने जानकारी आएको उनले बताए ।

यी केही उदाहरण मात्र हुन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका दर्जनभन्दा बढी बिमितसँगको कुराकानीमा यस्तो रहस्य बाहिर आएको हो । कोरोना बिमा मापदण्ड-०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ ।

तर अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बिमा कम्पनीले बिरामी (बिमित) निको भएको रिपोर्ट (नेगेटिभ रिपोर्ट) चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बिमा दाबीमा चाहिने कोरोना पोजिटिभ रिपोर्ट हो ।

नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मापदण्डमा छैन । यसकारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारहरू बताउँछन् । मापदण्डअनुसार बिमा कम्पनीले भुक्तानी नदिएर बिमितलाई मर्का परिरहेका बेला नियामक निकाय बिमा समिति भने मौन छ ।, याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top