×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाँसखर्कमा टेन्ट, लिदीमै स्थानीय

६ आश्विन २०७७

सिन्धुपाल्चोक : ३९ जनाको ज्यान जाने गरी लिदीगाउँमा पहिरोले बस्ती नै पुरेको महिना बित्यो । खोज, उद्धार र राहतसँगै पहिरोपीडित तथा विस्थापितका लागि सेलाङको बाँसखर्कमा डेढ सय परिवारलाई अस्थायी बासस्थान व्यवस्थापन गरियो ।

बाँसखर्कको पाखो टेन्टले भरिभराउ हुँदा बहुसंख्यक लिदीबासी गाउँमै बसिरहेका छन् । उनीहरूले आफ्नो थातथलो छोडेका छैनन् ।

Advertisement
Advertisement

१ सय ३२ घरका ७ सय ६० मध्ये बाँसखर्कको अस्थायी सेल्टरमा २ सय ५९ जना मात्र भेटिए । पहिरोले घरबास उठाएकाहरू बाँसखर्कमै छन्, परिवारका एक जनालाई बाँसखर्कमा राखेर अधिकांश स्थानीय गाउँमै बसोबास गर्दै आएका छन् । राहत सामग्री लिन बाँसखर्कमा परिवारका एक जना बस्छन्, अरू लिदीगाउँमै छन् ।

स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले लिदीगाउँका विस्थापितलाई अस्थायी बसोबासका लागि बाँसखर्कमा टेन्ट राखिदिए पनि लिदीबासीले थातथलो भने छाडेनन् । तत्काल अस्थायी बसोबासका लागि बाँसखर्कमा व्यवस्थापन त भयो तर झन्डै सय परिवारका ३ सय ३६ जना बाँसखर्क आएनन् ।

‘उहाँहरूको अस्थायी बसोबासका लागि बाँसखर्कमा हामीले व्यवस्थापन गरेका हौं, केही संख्यामा लिदीबासी गाउँमै हुनुहुन्छ भन्ने मैले पनि सुनेको छु।’ –जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ।

Advertisement

लिदीगाउँसँगै जुगल गाउँपालिकाभित्र सयौं घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले आन्तरिक तयारी थालिसकेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । भूगर्भविद् ल्याएर भू–अध्ययन गरी सम्भव भएसम्म साविकको बस्तीनजिकै जोखिमका जनतालाई पुनःस्थापना गर्ने जुगलको तयारी छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा नानीराम नेपालले लेखेका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top