×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले निर्धारित समयमै क्लिन फिड लागू गर्ने

६ आश्विन २०७७

काठमाडौँ : सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समयभित्रै क्लिन फिड लागूू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले ८ गतेभित्रै क्लिन फिड लागूू गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । ऐनमा भएको व्यवस्थाबमोजिम समयमै क्लिन फिड लागू गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए ।

Advertisement
Advertisement

Advertisement

समितिको बैठकले पनि तोकिएकै समयमा क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्ले र विश्वास रेग्मीले लेखेका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top