कोरोना भाइरस: अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै

२९ जेठ, एजेन्सी ।

अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ ।

दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जनाएको छ । खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमण र मृत्युदर दुवै कम भएको हो ।

Advertisement

अमेरिकामा ४२ दशमलव ६ प्रतिशत मानिसले पूर्ण अर्थात दुवै मात्रा खोप लगाइसकेका छन् । झण्डै ५२ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार दुई सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ९४ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

यसैबीच चीनले आफ्ना नागरिक जहाँ छन् त्यही ठाउँमा कोरोना विरुद्धको खोप दिइरहेको बताएको छ । अहिलेसम्म एक सय ५० वटा देशमा रहेका आफ्ना ११ लाख ८० हजार नागरिकलाई चिनियाँ खोप दिइसकेको चीनको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यस्तै चीनमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई पनि चीनले कोरोनाविरुद्धको खोप लगाइदिएको जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top