×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित

२९ जेष्ठ २०७८

२९ जेठ, काठमाडौं ।

विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो ।

Advertisement
Advertisement

सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ ।

Advertisement
Advertisement

नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top