खनाल-नेपाल पक्षका चार नेताले भने : ‘देशघातको नेतृत्व गर्ने ओलीलाई साथ दियौँ भने हामी सिद्धिन्छौं’

२१ जेठ, काठमाडौँ ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल निकट चार नेताले प्रतिगमन र देशघातको नेतृत्व गर्ने अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्नु पर्ने बताएका छन् ।

बरिष्ठ नेताद्वय खनाल र नेपालका साथै स्थायी कमिटीलाई समेत सम्वोधन गर्दै तीनजना पोलिटब्यूरो सदस्य र एकजना केन्द्रीय सदस्यले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको र ओलीसँग सम्झौता गर्ने हो भने राजनीति पनि सिद्धिने बताएका हुन् ।

Advertisement

‘केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ । देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् ।

उनीहरुको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ ।

Advertisement

उनी र उनका समर्थकहरु यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन् ।’ जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईद्वारा ध्यानाकर्षण गरिएको पत्रमा भनिएको छ,

‘यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने,

अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ ।

हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिकरुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top