जाजरकोट जीप दुर्घटनाः आफन्तले शव बुझेनन्, चालकको घर र पसलमा आगो लगाइ दिए

२२ असोज, जाजरकोट । बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा व्यान गुमाएकाका आफन्तले शव बुझ्न मानेका छैनन् । मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन् ।

स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरूले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।

छलफलका लागि प्रमुख जिल्ला अधिकारीसहित आफूहरू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए।

Advertisement

श्रेष्ठका अनुसार जीपका चालक फरार रहेको आशंका गरिएको छ।

मृतकका आफन्तले भने चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन्।

Advertisement

सयौंको संख्यामा टोली गएर चालकको जुनीचाँदे-५ मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको भन्ने जानकारी आएको डिएसपी श्रेष्ठले बताए। त्यसतर्फ प्रहरी टोली पठाइएको उनले बताए।

बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका-२ को औलखोलामा भएको जीप दुर्घटनामा वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको छ।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका-११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका-५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिम बहादुर शाही र छेडागाड नगरपालिका-५ का कर्ण बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

यस्तै, बिहीबार एक जनाको शव भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए।

उनका अनुसार जुनीचाँदे गाउँपालिका-११ का १७ वर्षीय लालबहादुर बुढाको शव बिहीबार भेटिएको हो।

उनका बुवा नरबहादुर बुढालाई भने बुधबार बेलुका घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको बास्तोलाले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top