टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

२० असोज, काठमाडौं । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराउँदै जीत हाँसिल गरेको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनायो ।

पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे ।

तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो । तर थप ३६ जोड्दा सबै विबेट गुमायो । ओ’डाउडले ४३ रन बनाए ।

एकरम्यानले २९ र स्टलले २१ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ४-४ विकेट लिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top