×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026

प्रदिप ज्ञवाली भन्छन् – महिला सहभागिता ‘कस्मेटिक सहभागिता’ मा मात्रै सिमिति नहोस्

२ मंसिर २०७८

२ मंसिर, काठमाडाैँ ।

पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता ‘कस्मेटिक सहभागिता’ मा मात्रै सिमिति हुने बताएका छन् । राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भईरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपुर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् ।

Advertisement
Advertisement

राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागिताका विषयमा संञ्चारिका समुहले विहिबार काठमाण्डौमा गरेको कार्यक्रममा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु कस्मेटिक सहभागिता मात्रै हुने टिप्पणी गरे । उनले सास्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभूत हुन नसक्ने बताए । उनले भने वातावरण निर्माण कसरी गर्ने ? यसका लागि पितृसत्तात्मक सोच बाधक छन् । महिलालाई आर्थिक रुपले आत्मनिर्भर र उत्पादकत्वमा नजोडिएसम्म कस्मेटिक सहभागीता रुपमा मात्रै कायम हुने छ । महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर सार्वभौम बनाउनु पर्छ । सहभागीताको विषय हेर्दा राजनीतिक देखिएपनि यो सांस्कृतिक विषयसग जोडिएको छ । सांस्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभूत हुन सक्तैन । नेकपा एमाले महिलाको सारभूत सहभागीतामा जोड दिन्छ । ”

महिलाहरु राजनीतिक निर्णायक तहमा आउने विषय चुनौतिपूर्ण
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मुल्य मान्यताबाट स्खलित हुदै गएकाले महिलाहरु राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतिपूर्ण बन्दै गएको बताए । महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उनले संख्या थपेर महिला सहभागिता गराएको भन्न नमिल्ने तर्क गरे ।

उनले भने “ राजनीतिक मुल्य मान्यताबाट स्खलित. हुन लाग्यो । महिला सहभागीता र महिला निर्णायक तहमा आउने कुरा अझ चुनौति छ । क्रशर संञ्चाल गर्नेहरु राजनीतिमा आउन थाले । सेतो पेसा देखाउने तर कालो पेसा गर्नेहरु राजनीतिमा आउन थाले । मनि र मसल राजनीतिमा प्रयोग हुन थाल्यो । यो भनेको महिला माथिको थप चुनौति हो । ”

नेता पाण्डेले पदाधिकारी र अन्य निर्णयक तहमा महिला सहभागिता वृद्धिका लागि निरन्तर अभिमुखिकरण गर्नु आवश्यक रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न महाधिवेशले पदाधिकारीमा महासचिव र उपाध्यमा महिला निर्वाचित गर्ने दाबी गरे ।
नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्था बाहेक पदाधिकारी र निर्णायक तहसम्मको सहभागिताका लागि सबैसंग छलफल, बहस,सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनले भनिन् “हामीभित्र पनि पितृसतात्म सोच छ । महिलामा दासत्वको रुपबाट छ । पुरुषमा पुरुषत्तो (म भाले हुँ) भन्ने मनोविज्ञान छ । यसलाई हल गर्ने कुरामा पद्धती, प्रक्रिया र अध्भ्यास अनुसार सबैसंग छलफल, बहस, सहकार्य र समन्वय आवश्यक छ । सबै पार्टीहरुलाई झकझकाउन सक्नुपर्छ । ”

Advertisement

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका पूर्व सदस्य यशोधा तिम्सिनाले कानुन अनुसार बाध्यकारी व्यवस्था बाहेक पदाधिकारी तहमा महिला सहभागिता बढाउने तर्फ दलका नेताहरुको ध्यानाकर्षण गराइन् । महिला नेतृत्व वृद्धिका लागि आवश्यक वातावरण निर्माण गर्ने तर्फ पनि राजनीतिक दलहरुले चासो देखाउनुपर्नेमा उनले जोड दिइन् ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top