माछापालन र कुखुरापालनबाट मासिक एक लाख बचत

२१ असोज ७७, बिहीबार

२२ असाेज, गलकोट।

बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आएका छन् ।

तित्याङ जाने काठेखोला पुल नजिकै उनले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका सानाठूला गरी ३० हजार बढी माछा छन् ।

Advertisement

विसं २०७० सालमा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आउनुभएको नारायण कृषि फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताए । जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ ।

अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गरेका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताए। दश रोपनी क्षेत्रफलमा रहेको उनको फार्ममा माछासँगै एक हजार ४०० बोइलर कुखुरा, एक सयबढी लोकल कुखुरा, केही हाँस र टर्की रहेका छन् । यससँगै शर्माले उखु र केराखेती पनि गरेका छन् ।

Advertisement

उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाइ छ । उनले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा खुवाउने योजनानुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताए ।

“लोकल माछा लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आर्कषण हो”, शर्माले भने । उनको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । थप दुई जनाले रोजगारी पाएका छन् । कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उनले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राखेका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top