सिंगाटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

२७ चैत, काठमाडौँ । सिंगाटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गएको चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १५ लाख ६५ हजार पाँच सय ३० आवेदकले आवेदन दिएका थिए ।

Advertisement

आवेदन दिएकामध्ये पाँच हजार सात सय २८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार आठ सय दुई आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार सात सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सविर वादे श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार आठ सय ३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

आईपीओको नतिजा मेरो शेयर, सीडीएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top