१३ फागुन,काठमाण्डौ। भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो । विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन् । यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन् ।… Continue reading भुटानका कप्तान ललितपुर सिटीमा