१६ साउन ,काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।