योगेन्द्र योगी
१७ असार, दोहा ।
कुवेत सरकारले आगमी अगष्ट १ बाट ब्यबसायिक उडान खुल्ला गर्ने तयारी थालेको छ । अरब टाइम्सका अनुसार कुवेतले दैनिक १२० देखि १३० वटासम्म उडान हुने जनाएको छ ।
छुट्टीमा रहेका नेपाली लगायत अन्य आप्रबासी कामदारले कुवेत प्रवेश गर्दा अनिवार्य रुपमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नु पर्ने र परिक्षणको खर्च आफैले ब्यहोर्नु पर्ने जनाएको ।
अगष्टको १ बाट ब्यबसायिक उडानहरू सुचारू गराउने र शुरूवाती चरणमै दैनिक १२० देखी १३० वटासम्म उडान गराउने तयारी कुवेत सरकारले थालेको अरब टाइम्सले जनाएको छ ।
कुवेत सरकारले ३ चरणमा उडान ब्यबसायिक खुलाउने जनाएको छ । पहिलो चरणमा अर्थात आगमी अगष्ट १ बाट दैनिक ८ देखी १० हजार यात्रु उडाउने लक्ष्यसहित दैनिक १२० देखी १३० वटासम्म उडान गर्ने भएको छ ।
दोस्रो चरणको शुरूवात करिव ६ महिनापछि अर्थात आउदो फेब्रुअरी १ बाट हुनेछ भने उक्त अवधिमा दैनिक २० हजार यात्रुले उडान भर्न सक्ने गरी २०० वटा सम्म उडानहरू भर्न दिइने अरब टाइम्सले जनाएको छ ।
तेस्रो चरणको उडान झण्डै १ बर्ष पछि शुरू हुनेछ भने त्यस समयमा ३० हजार यात्रुले आवतजावत गर्ने पाउने छन् । कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६,१९५ जना पुगेको छ ।
हालसम्म ३७ हजार ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाका कारण ३५४ जना मृत्यु भइसकेको छ ।