अपहरणमा परेकी बालिका मृत अवस्थामा फेला

0SHARES

११ भाद्र २०७५ नेपाल टाईम्स

महोत्तरी, भदौ ११
महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उनले बताए ।

मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो ।
रासस

विज्ञापन बक्स