२२ साउन, एजेन्सी।
अफगानिस्तानमा गएको चौबीस घण्टामा सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा ३०३ तालिबान मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते भएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विभिन्न प्रान्तमा चलाइएको कारबाहीमा भारी संख्या तालिबान बिद्रोही मारिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाब लगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिबान बिद्रोही मारिएको बताइएको छ ।
हलसम्म तालिबानले अफगानिस्तानको २२३ जिल्लामा नियन्त्रण पाएको बताइएको छ । सुरक्षाकर्मीबाट ११६ जिल्लाको नियन्त्रण खोस्न तालिबानले संघर्ष गरिरहेको छ । ३४ मध्ये १७ प्रान्तको राजधानीमा तालिबान बिद्रोहीको प्रभाब रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।