२१ चैत्र, कपिलबस्तु ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।
शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय सुनाएसंगै प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको पनि बताएका छन् ।
शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’
प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएको पनि बताए ।